Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काँग्रेस विशेष महाधिवेशनमा राखियो संवैधानिक राजतन्त्र पुनःबहाली गर्ने प्रश्ताव

काँग्रेस विशेष महाधिवेशनमा राखियो संवैधानिक राजतन्त्र पुनःबहाली गर्ने प्रश्ताव


  • 904
    Shares

    काँग्रेस विशेष महाधिवेशनमा राखियो संवैधानिक राजतन्त्र पुनःबहाली गर्ने प्रश्ताव

    काठमाडौं । नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग छलफल गर्नुपर्ने बताएका छन् । मंगलवार नेपाली काँग्रेसको विशेष महाधिवेशनका क्रममा गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्नुहुँदै उहाँले यस्तो प्रश्ताव गरेका हुन् ।

    राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गर्न माग गरेका छन् गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनले बताएका छन् । उनले देश र जनता बचाउनु पहिलो काम भएको पनि बताएका छन् । 

    उनले भने, ‘नेपाली काँग्रेस बचाउनु पहिलो काम हो । देशमाथि परेको संकटलाई समाधान गर्न पनि नेपाली काँग्रेसको नेतृत्व खोजेको छ । तसर्थ परिमार्जित, देश र जनताको सेवामा समर्पित नेतृत्व निर्माण गरी महाधिवेशनबाट चयन गरौँ । विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन माग गर्दछौँ । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गरौँ । संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग विचार विमर्श गरौँ । गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गरौँ ।’

    उनले देश विकासमा जुट्न अब ढिलो भइसकेको बताएका छन् ।  

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - ११:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij