Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गगन र विश्वप्रकाशको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीले सुझाव दिँदै

गगन र विश्वप्रकाशको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीले सुझाव दिँदै


  • 673
    Shares

    गगन र विश्वप्रकाशको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीले सुझाव दिँदै

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीहरूले आफ्नो सुझाव दिइरहेका छन्।

    मधेस प्रदेशका वीरेन्द्र साह सङ्घीय बजेट जनसङ्ख्याको आधार हुनुपर्ने बताएका छन्। प्रदेशमा  क्लस्टरको आधारमा निर्वाचन प्रणाली हुनुपर्ने उनको भनाइ छ । 

    लुम्बिनीका उपसभापति भुवन श्रेष्ठले  तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै यस्तो बताएका हुन्। 

    पार्टीमा दुई पटक प्रधानमन्त्री भएपछि हुन नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।  पार्टीको तर्फबाट मन्त्री पदमा गएकाहरूको सार्वजनिक सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाइ छ। 

    पार्टीमा ३३ प्रतिशत महिलाहरू उम्मेदवार बनाउनुपर्ने र पार्टीबाट कारबाहीमा परेका व्यक्ति लाई कम्तिमा एक वर्ष निलम्बनमा राख्नुपर्ने उनको भनाइ छ।

    विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् ।

     

    प्रकाशित मिति :पौष २९ २०८२ मंगलवार - ११:१२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij