२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५३ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ५१ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij