Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

देउवाले बोलाएको गुटको बैठकमा शेखर कोइराला समूहका नेताहरू पनि सहभागी

देउवाले बोलाएको गुटको बैठकमा शेखर कोइराला समूहका नेताहरू पनि सहभागी


  • 2.0K
    Shares

    देउवाले बोलाएको गुटको बैठकमा शेखर कोइराला समूहका नेताहरू पनि सहभागी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफ्नो गुटको आकस्मिक बैठकमा शेखर कोइराला समूहका चार नेता पनि सहभागी भएका छन् । 

    आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल पुगेका हुन्। देउवा गुटको तर्फबाट कार्यवाहक पूर्णबहादुर खड्का र प्रवक्ता डा.प्रकाशशरण महतलगायतका नेताहरू सहभागी रहेका छन् । 

    भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नेतृत्व चयनसहितको कार्यविधि पारित गरिएपछि देउवा आगामी रणनीति बनाउन ढलफलमा जुटेको बताइएको छ। 

    देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराजगन्जमा गुटको बैठक बोलाएका थिए ।

    प्रकाशित मिति :पौष २८ २०८२ सोमवार - १५:४३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij