Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

काँग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रहः नेतृत्वमा पुग्ने यात्रालाई अधुरो नछोड्नुस्

काँग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रहः नेतृत्वमा पुग्ने यात्रालाई अधुरो नछोड्नुस्


  • 1.5K
    Shares

    काँग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रहः नेतृत्वमा पुग्ने यात्रालाई अधुरो नछोड्नुस्

    काठमाडौं । नेपाली काँग्रेसका निःवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गरेका छन् । आईतवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

    नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने समेत बताएका छन् । उनले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरुको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताएका छन् ।

    उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरुलाई उम्मेदवार बनाउनुपर्ने प्रश्ताव समेत गरेका छन् ।

    प्रकाशित मिति :पौष २७ २०८२ आइतवार - १७:३५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij