२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली बजारमा एउटै मोडलको सबैभन्दा धेरै भेरियन्टको रूपमा सुजुकी भिक्टोरिस नेपाल आएको छ । सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले भिक्टोरिसको ३२ भेरियन्ट नेपाल ल्याएको हो ।
कम्पनीले इन्टोडक्टरी प्राइस भन्दै ५० लाख ९९ हजार रुपैयाँ मूल्यबाट भिक्टोरिस बिक्री सुरू गरेको छ । तर, सुरूवाती ५० ग्राहकलााई मात्रै इन्टोडक्टरी मूल्य दिने कम्पनीले जनाएको छ ।
सुजुकी भिक्टोरिसको भीएक्सआई भेरियन्टको मूल्य ५८ लाख ९९ हजार, जेडएक्सआईको ६२ लाख ९९ हजार र जेडएक्सआई ड्युल टोनको ६३ लख २९ हजार रुपैयाँ तोकिएको छ ।
भिक्टोरिस भिएक्सआई अटोमेटिकको मूल्य ६६ लाख ९९ हजार, भीएक्सआई अटोमेटिक मोनो टोनको ७० लाख ९९ हजार र जेडएक्सआई अटोमेटिक ड्युल टोनको ७१ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।
माइल्ड हाइब्रिड र स्ट्रङ हाइब्रिड मोडलसँग फोर ह्वील ड्राइभ सिस्टमसहित भोक्टोरिस नेपाली बजारमा उपलब्ध भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सुजुकीले उत्पादन गरेको भिक्टोरिसको टप भेरियन्टमा लेभल २ एडास फिचर रहेको छ । भारतमा बिक्री हुँदै आएको एसयूभीमा भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले पाउन सकिन्छ ।
एसयूभीलाई टेक फिचर र सुरक्षाका लागि अब्बल बनाउन वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्याग जस्ता फिचर दिइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij