Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित स्वास्थ्य सामग्री लिएर गोरखामा

नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित स्वास्थ्य सामग्री लिएर गोरखामा


  • 7.6K
    Shares

    नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित स्वास्थ्य सामग्री लिएर गोरखामा

    नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित स्वास्थ्य सामग्री लिएर गोरखा गएका छन्।

    स्वास्थ्यकर्मी, औषधि र कोरोना परीक्षण गर्ने किट बोकेर श्रेष्ठ सोमबार गोरखा लागेका हुन्। उनले गोरखाका पालुङटार, सिरानचोक, अजिरकोट, सुलिकोट, भिमसेन थापा, सहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका लगायतका गाउँपालिकामा एन्टिजेनबाट कोरोना परीक्षण गराउनेछन् ।

    ‘तीन/चार दिन गोरखाका विभिन्न गाउँपालिकामा पुगेर प्रवक्ता श्रेष्ठले एन्टिजेनबाट कोरोनाको परीक्षण गर्न आवश्यक सामग्री उपलब्ध गराउनुहुनेछ,’ श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले भने।

    ती सबै गाउँपालिकामा पछिल्लो दिन कोरोना तीव्र रुपमा फैलिएको जानकारी आएपछि श्रेष्ठ डाक्टर, नर्सको टोलीसहित पुगेका हुन्। त्यसक्रममा शंकास्पद बिरामीको परीक्षण तथा सम्भव औषधि उपलब्ध गराउने, स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तथा स्थानीय तहका पदाधिकारीसँग कोरोना नियन्त्रण सम्बन्धमा आवश्यक छलफल गर्ने श्रेष्ठले बताए।

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १७:१६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij