Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अण्डाको मूल्य घट्यो, अब प्रतिक्रेट कति पर्छ ?

अण्डाको मूल्य घट्यो, अब प्रतिक्रेट कति पर्छ ?


  • 1.3K
    Shares

    • images
    अण्डाको मूल्य घट्यो, अब प्रतिक्रेट कति पर्छ ?

    काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा कटौती गरेको छ। सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्यमा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो। 

    नयाँ दररेट अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ बाट घटेर ४७५ रुपैयाँ कायम भएको छ। मिडियम अण्डाको मूल्य पनि प्रतिक्रेट ५५० बाट घटेर ४६० रुपैयाँमा झरेको सङ्घले जनाएको छ। 

    अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने हुनाले हालको घटेको मूल्यले किसानलाई ठूलो घाटा हुने देखिएको छ। लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्ने अवस्थामा ४७५ रुपैयाँमा बिक्री गर्दा किसानहरू मारमा परेका छन्। जाडो कम भई जनजीवन सहज भएपछि मात्र माग र मूल्य पुनः बढ्न सक्ने अनुमान गरिएको छ। 

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - ११:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij