Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

मंगलवार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने काँग्रेसको निर्णय

मंगलवार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने काँग्रेसको निर्णय


  • 1.4K
    Shares

    मंगलवार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने काँग्रेसको निर्णय

    काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका मंगलवार (भोली) उम्मेदवार टुंगो लगाउने भएको छ । सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो ।

    सो निर्वाचनमा अन्य दलहरुसँगको चुनावी तालमेललगायतका विषय र उम्मेदवारको विषय टुंगो लगाउन मंगलवार पुनः ११  बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनले आजको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरुसँग पार्टीको शिर्ष तहबाट छलफल भइराखेकाले भोली बैठक बसेर त्यस बारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताए ।

    नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायतका नेताहरुसँग छलफल भइरहेको छ । 

    नेपाली काँग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरुसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए। 

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १७:२८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij