२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको छ ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा ४५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij