Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

देउवाले स्थगित गरे महामन्त्रीसँगको छलफल

देउवाले स्थगित गरे महामन्त्रीसँगको छलफल


  • 638
    Shares

    देउवाले स्थगित गरे महामन्त्रीसँगको छलफल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई महामन्त्री र कार्यवाहक सभापतिसहित बिहीबार ५ बजेका लागि बोलाएको बैठक स्थगित गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सभापति देउवाले नभ्याएकाले भेटघाट नभएको जानकारी दिएका छन् । 

    ‘आज भेट्ने भन्ने कुरा थियो । तर, सभापति अन्य काममा व्यस्त हुनुपर्ने भएकाले भ्याउनुभएन,’ मुख्यसचिव पौडेलले भने, ‘भोलि सभापतिज्यूको अनुकूल समयमा महामन्त्रीद्वयलाई आफू वा भानु देउवा (देउवाका स्वकीय सचिव) ले बोलाउने जानकारी गराइएको छ ।’

    विशेष महाधिवेशन आयोजना गर्ने भन्दै भृकुटीमण्डपस्थित हल बुक गरेपछि देउवाले महामन्त्रीद्वयसँग छलफल गर्न बैठक बोलाएका थिए । 

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - १७:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij