Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

रमेश लेखकको स्थान हद फुकुवा

रमेश लेखकको स्थान हद फुकुवा


  • 1.4K
    Shares

    रमेश लेखकको स्थान हद फुकुवा

    काठमाडौं । जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौं उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो ।

    आयोगले आफ्नो बयान प्रक्रिया सकिएसँगै लेखकमाथिको कानुनी बन्देज खुला गरेको हो । यस निर्णयको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सम्बन्धित व्यक्ति रमेश लेखकलाई समेत पठाइएको छ। 

    यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो।

    जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जाँचबुझ गरिरहेको यस आयोगले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जानकारी दिएको थियो ।

    capture_XpExHP3VdA.jpg

     

     

    images
    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - १७:१०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij