२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले छलफल गरेको छ । छलफलमा लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे कुराकानी भएको छलफलपछि प्रसाईंले बताएका छन् ।
आफूहरूले अघि सारेका मागबारे सरकारका तर्फबाट आइतबारसम्मको समय मागेको र उक्त समयसम्म आफू पर्खने प्रसाईंको भनाइ छ । ‘मागबारे आइतबारसम्मको समय दिनुस् भन्नुभयो, आइतबार सहमति भयो भने सोमबार क्याबिनेट बसेर हस्ताक्षर गर्ने भन्ने कुरा भएको छ’,।
प्रसाईंले आफ्ना माग पुरा नभए फागुन २१ मा निर्वाचन हुन नसक्ने बताएका छन् । भेटमा प्रसाईंले भ्रष्टाचारीलाई कारबाहीको कुरा गर्दा प्रधानमन्त्रीले ‘त्यो सक्दैनौ’ भन्ने जवाफ दिएको बताएका छन् ।
सरकारका प्रवक्ता जगदीश खरेलले प्रसाईसँगको वार्ता सकारात्मक भएको भन्दै अहिलेको सरकारले पुरा गर्न सक्ने माग पुरा गर्न पहल गर्ने र बाँकी चुनाव पछिको सरकारले गर्ने बताएका छन् । भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल र अर्थमन्त्री रामेश्वर खनाल पनि सहभागी थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij