२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । कलश स्टक मार्केट ब्रोकर नं। ७४ ले लगानीकर्ताहरुलाई लक्षित गर्दै अनलाइनमार्फत शेयरबजार सम्बन्धी तालिम प्रदान गर्ने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार पुस १९ गतेदेखि देखि २६ गतेसम्म ८ दिन निःशुल्क तालिम लिन पाइनेछ ।
तालिममा शेयरप्रति चासो राख्ने व्यक्तिहरु सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । बेलुका ६ बजेदेखि ८ बजेसम्म हुन लागेको उक्त तालिमको लागि अशोक कुमार शाह प्रमुख प्रशिक्षक रहने कलश स्टक मार्केटले जनाएको छ ।
भाग लिन चाहनेहरुले कलश मार्केटको वेबसाइटमा गइ फर्म भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदिप के.सीले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij