Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

भारत-नेपाल सीमाबाट लागुऔषधसहित तीन जना पक्राउ

भारत-नेपाल सीमाबाट लागुऔषधसहित तीन जना पक्राउ


  • 519
    Shares

    भारत-नेपाल सीमाबाट लागुऔषधसहित तीन जना पक्राउ

    काठमाडौं । भारतको महाराजगञ्जस्थित नेपाल-भारत सीमा नजिकैबाट लागुऔषध तस्करीको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन्।

    उत्तर प्रदेश प्रहरीका अनुसार उनीहरूको साथबाट २७.५२ ग्राम स्म्याक (मिसावट गरिएको हेरोइन) बरामद गरिएको छ, जसको अवैध बजार मूल्य करिब २८ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ।

    पक्राउ पर्नेहरूमा रूपन्देही जिल्ला निवासी २९ वर्षीय रजनीश कुमार निषाद, २१ वर्षीय मोहित केवट र २१ वर्षीय खोबलाल केवट रहेका छन्। मंगलबार राति सुनौली थाना क्षेत्र अन्तर्गतको हल्दी डलीमा सशस्त्र सीमा बल र स्थानीय प्रहरीको संयुक्त टोलीले नियमित जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी उपरीक्षक सोमेन्द्र मिनाले दिएको जानकारी अनुसार अभियुक्तहरू भारतबाट नेपालतर्फ आउदै गर्दा पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको लागूऔषधका साथै एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

    पक्राउ परेका तीनै जना विरुद्ध लागूऔषध ओसारपसार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - १२:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij