Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

सुनसरी घटना

दुई वटा सफारीमा आएर आक्रमण प्रयास गरेपछि गोली चल्यो: सशस्त्र प्रहरी

दुई वटा सफारीमा आएर आक्रमण प्रयास गरेपछि गोली चल्यो: सशस्त्र प्रहरी


  • 596
    Shares

    दुई वटा सफारीमा आएर आक्रमण प्रयास गरेपछि गोली चल्यो:  सशस्त्र प्रहरी

    काठमाडौं । सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको छ । गएराति १ बजेर १० मिनेटमा भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका दुई वटा सफारीमा सवार समूहसँग मुठभेट भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) मनिष थापाले भन्सार छलेर सामान ल्याउँदै गरेकाहरूले सशस्त्र प्रहरीको गस्ती टोलीलाई आक्रमण प्रयास गरेपछि गोली चलाउनु परेको बताए । उनले भने– ‘दुई वटा सफारीमा आएकाहरूले सशस्त्रको टोलीलाई आक्रमण प्रयास गरेपछि जवाफी कारबाही गरिएको हो ।’

    घटनास्थलमा ४५ वर्षीय शाहले चलाएको सफारी मात्र भेटिएको छ । अर्को सफारी चालकले लिएर भागेको अधिकारीहरू बताउँछन् । सफारीमा भारतबाट चिनी र अन्य किराना सामान लिएर आउँदै गरेकाहरूसँग सशस्त्रको जम्काभेट भएको दाबी गरिएको छ ।  सशस्त्रका एक जना अधिकारीले सफारीमा सवार समूहले सुरुमा हवाई फायर गरेको जिकिर गरेका छन् ।

    सुनसरीको कोशी गाउँपालिका–१ मा गोली लागेर ज्यान गुमाएका साहको शव उठाउन स्थानीयले अस्वीकार गरेका छन् । उनको शव घटनास्थलमा नै छ । स्थानीयले पूर्व पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेका छन् ।

    अहिले स्थानीय र सुनसरीका प्रमुख जिल्ला अधिकारीको बिचमा छलफल भइरहेको छ । सशस्त्रको नम्बर–१ बराह बाहिनीका डीआईजी कुमार न्यौपानेले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको बताए । 

     

    प्रकाशित मिति :पौष १७ २०८२ बिहिवार - ११:३५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij