२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेलरमट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ ।
आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, डिजेल÷मट्टितेलको मूल्य क्रमशः १३४ रुपैयाँ ५० पैसा, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij