Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

दैनिक १२ घण्टाभन्दा बढी प्रचार गर्न नपाइने

दैनिक १२ घण्टाभन्दा बढी प्रचार गर्न नपाइने


  • 491
    Shares

    दैनिक १२ घण्टाभन्दा बढी प्रचार गर्न नपाइने

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाइने भएको छ । 

    निर्वाचन आयोगले हालै स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ मा दल तथा उमेदवारको प्रचारप्रसार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाउने व्यवस्था गरेको हो ।

    “जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्नेछ,” आचारसंहिताअन्तर्गत राजनीतिक दल, उमेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्नेछ । 
     
    आचारसंहितामा उमेदवार र उसको परिवारका सदस्यको घर नजिक गई विरोध गर्न नहुने जनाइएको छ । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइने छैन ।

     

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १५:५२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij