२०८२ पौष १६ गते बुधवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफूले चार वर्षअघि राप्रपा छाड्दा मन रोईरोई छाडेको भन्दै अहिले फर्कँदा खुसी लागेको बताएका छन् ।
दुई राप्रपाको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले पुरानो अनुभूति सुनाएका हुन् ।
उनले भने, ‘यसलाई एकता भनिएपनि पुनर्मिलन हो । घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कँदा जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ’।
उनले भने, ‘खुसीले होइन, मन रोइरोई एक्लै अलग भएको थिएँ । विभिन्न प्रकारले पार्टी छाडेर जाँदा मन खुसी थिएन’।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij