Logo

२०८२ पौष १६ गते बुधवार

२०८२ पौष १६ गते बुधवार

राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति

राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति


  • 498
    Shares

    राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति

    काठमाडौं । समान विचारधारा भएका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ। बुधबार आयोजित एक कार्यक्रमका बिच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षरसहित एकता घोषणा गरिएको हो । 

    सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। पार्टीको नाम राप्रपा नै रहनेछ । 

    यसैगरी पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् भने पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीकै ९हलो० कायम हुने सहमति भएको छ।

    दुई पार्टीबीचको संगठन समायोजनका सम्बन्धमा पनि सहमति भएको छ । जसअनुसार राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित भएर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिनेछ।

    party-ekta-(1)_cLC6g2vrYo.jpg

     

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १४:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij