Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कोरोनाका कारण वरिष्ठ साहित्यकार सुवेदीको निधन

कोरोनाका कारण वरिष्ठ साहित्यकार सुवेदीको निधन


  • 5.3K
    Shares

    कोरोनाका कारण वरिष्ठ साहित्यकार सुवेदीको निधन

    काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ  । ७६ वर्षीय उनको आज सोमबार बिहान निधन भएको हो ।

    केही दिनयता उनको उपचार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भेन्टिलेटरमा राखेर भइरहेको थियो । यसअघि ह्याम्स अस्पतालमा पनि उनको उपचार गरिएको थियो ।

    विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी ३ दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक थिए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपूरणीय क्षति भएको बताए । रासस

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - ११:१३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij