२०८२ पौष १६ गते बुधवार
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादललाई लक्षित गरेर पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै आलोचना गरेका छन् । नाम नलिईकन उनले उक्त सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न बादललाई चुनौती समेत दिएका छन् ।
बादलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र कांग्रेस मिलेर लड्नुपर्ने धारणा व्यक्त गरेको भोलिपल्ट बास्कोटाले उनलाई समानुपातिक छाडेर प्रत्यक्ष लड्न सुझाव दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो।अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख-सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले। समावेशीताकै वेईजत नगर के-त्यो पनि पुरुषले।
बादलले मङ्गलवार मात्र कांग्रेस र एमाले एक भएर निर्वाचनमा जानुपर्ने बताएका थिए ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij