२०८२ पौष १६ गते बुधवार
काठमाडौं । भारतीय सीमा जोडिएको बाराको सिम्रौनगढ नगर क्षेत्रबाट प्रहरीले १० किलो लागुऔषध गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा पचरौताका ३३ वर्षीय राजकुमार कुशवाहा र वर्ष २८ वर्षीय पुनदेव पटेल रहेको छन्।
मंगलबार राति प्रहरीलाई मोटरसाइकलमा गाँजा ओसार पसार भइरहेको सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट सई बालाराज गिरी र प्रहरीचौकी अमृतगन्जबाट असई विश्वराज कुशवाहाको कमान्डमा संयुक्त टोली परिचालन गरिएको थियो।
टोलीले सिम्रौनगढ नगरपालिका ३ ब्रहमस्थान रामनगरबाट डाट गाउँ तर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको दुईपोका १० किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहले बताएका छन्।
मोटरसाइकल ,चालक राजकुमार कुशवाहा र पछाडि बसेका पुनदेव पटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर साहले जानकारी दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij