Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, दिइन् बुद्धको चित्र उपहार

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, दिइन् बुद्धको चित्र उपहार


  • 645
    Shares

    प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता,  दिइन्  बुद्धको चित्र उपहार
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच  भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन् ।

    यसअघि मंसिर २२ गते सिंहदरबारमा भएको भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । सोही भेटको सन्दर्भ जोड्दै आजको भेटमा प्रधानमन्त्री कार्कीले बुद्धको चित्र उपहार दिएकी हुन् ।

    आजको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेको बताइन् । उनले असन्तुष्टि र मागहरू शान्तिपूर्ण माध्यमबाट राख्न र जनतामै गएर आफ्ना मुद्दा अनुमोदन गराउन प्रसाईंलाई आग्रह गरिन् ।

    मुलुक अब अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित रहेको बताइन् । नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग अघि सार्दै आएका प्रसाईंलाई निर्वाचनमार्फत जनमत लिनु नै लोकतान्त्रिक निकासको उपाय भएको उनको भनाइ थियो ।

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - ११:४८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij