Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

सहमतिको १४ घण्टापछि बोले कुलमान

सहमतिको १४ घण्टापछि बोले कुलमान


  • 708
    Shares

    सहमतिको १४ घण्टापछि बोले कुलमान
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति गरेको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहमतिबारे मुख खोलेका छन् । आइतबार राति ८ बजे सहमति भएकोमा घिसिङले केही बेरअघि मात्रै बोलेका हुन् ।

    उनले दुई पार्टीबिच ऐतिहासिक एकीकरणको सहमति भएको भन्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएको दाबी गरे।

    यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिएको उनले बताए ।

    शुक्रबार सहमति भएको तस्बिर सार्वजनिक हुँदा कुलमानको अनुहार मलिन देखिन्थ्यो । सोही कारण सहमतिबारे कुलमान खुसी नभएको हो कि भन्ने आशङ्का गरिँदै आएको थियो ।

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - ११:२४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij