Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

द ब्रिटिस कलेजको ठगी धन्दाः पैसा दिएर विद्यार्थीको मुख थुन्ने प्रयास

द ब्रिटिस कलेजको ठगी धन्दाः पैसा दिएर विद्यार्थीको मुख थुन्ने प्रयास


  • 1.2K
    Shares

    द ब्रिटिस कलेजको ठगी धन्दाः पैसा दिएर विद्यार्थीको मुख थुन्ने प्रयास
    images

    काठमाडौँ । काठमाडौँको थापाथलीमा रहेको द ब्रिटिस कलेजले विदेशमा इन्टर्नसिपको नाममा विद्यार्थीहरूलाई ठगी गरिरहेको पाइएको छ। कलेजले नेपालबाट विद्यार्थीहरूसँग चर्को शुल्क असुलेर पछि बेलायत जान पाउने लोभ देखाउँदै दुबई पठाउने गरेको हो। 

    होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरू कलेजको ठगी धन्दामा परेका हुन्। कलेजले वार्षिक लिने २ लाखबाहेक दुबई इन्टर्नसिपका लागि प्रतिविद्यार्थी ७ लाख ५० हजार रूपैयाँ लिएको विद्यार्थीहरूले बताएका छन्। 

    दुबई पुगेपछि श्रमिक परिचय पत्र बनाएर आफै काम खोज्न भनिएको विद्यार्थीहरूको आरोप छ। सोहीकारण कयौँ विद्यार्थी अलपत्र परेका थिए। इन्टर्नसिप गर्न नपाएर १० जना गत मंसिर १५ गते नेपाल फर्किएका थिए। बाँकी ९ जना विद्यार्थी श्रमिकका रूपमा अन्य काम गरेर बसिरहेको पीडित विद्यार्थीहरूले बताएका छन्। 

    दुबई पठाएर अलपत्र पारेको भन्दै गत मंगलबार आक्रोशित विद्यार्थी र अभिभावकले थापाथलीस्थित कलेजमा तोडफोड गरेका थिए। यसबारे आइतबार शिक्षा मन्त्रालयमा छलफल समेत भएको छ। ब्रिटिस कलेजका सञ्चालक, अभिभावक र विद्यार्थीबीच भएको छलफलमा उच्च शिक्षा शाखाका पदाधिकारी र मन्त्रीका सचिवालयका व्यक्ति पनि छलफलमा सहभागी थिए। 

    गम्भीर आरोप लागेको विषयमा छलफल गर्न बोलाइएको बैठकमा कलेज सञ्चालक ‘कँडेल गु्रप’ का प्रमुखहरू सीईओ राजेन कँडेल र प्रबन्ध निर्देशक महेन्द्र कँडेल भने अनुपस्थित थिए। पीडित पक्षले पटकपटक सञ्चालकहरूको उपस्थितिको माग गरे पनि कलेज कर्मचारी मात्र छलफलमा सहभागी भए।

    पीडित विद्यार्थीहरूले कलेजले आफ्नो गल्ती सार्वजनिक हुन नदिन आर्थिक प्रलोभन र धम्की दिएर चुप लगाउने प्रयास गरेको बताएका छन्। दुबईबाट फर्किएका एक विद्यार्थीले ९ लाख ५० हजार रकमको चेक दिएर चुप लगाउन खोजिएको जानकारी दिए। 

    ‘कोठामा लगेर ९ लाख ५० हजारको चेक दिएर तिमीहरू ‘साइड’ लाग भन्दै हस्ताक्षर गराइयो। कानुनी रूपमा जान्नँ भन्ने पत्रमा हस्ताक्षर गर्न लगाइयो,’ उनले भने। ‘त्यहाँ गएर पनि कलेजमा पढाउने हो, त्यहाँ होस्टेल हुन्छ, सबै विद्यार्थी सुरक्षित हुन्छौ’ भन्ने आश्वासन दिएर आफूहरूलाई दुबई पठाइएको एक छात्राले बताइन्।

    ‘नेपालबाट गएका ८ जना विद्यार्थीमध्ये ५ जना केटी थियौँ। होस्टेल भनेर हामीले विदेशी कामदार बस्ने क्याम्पमा विदेशीहरूसँगै कोचिएर बस्न बाध्य पारियो। अन्य देशका अपरिचित व्यक्ति, केटा र केटी सँगै राखिएको थियो। केटीहरूलाई केही भयो भने कसले जिम्मा लिन्छरु कलेज त पैसाले चल्ने रहेछ। हामीलाई केही भएको भए के हुन्थ्योरु ल यति पैसा लिएर तिमी चुप लाग भन्नेरु’ उनको प्रश्न छ।

    छलफलमा एक अभिभावकले प्रश्न गरेकी थिइन्, ‘तपाईंहरूको कलेजले दिएको फेक सर्टिफिकेट लिएर मेरी छोरी कहाँ जाने?’

    ‘दुबईमा हस्पिटालिटी म्यानेजमेन्ट पढेर मैले यो प्रगति गरेँ भनेको एक जना मात्र विद्यार्थी देखाउन सक्नुहुन्छ?’ उनको थप प्रश्न थियो, ‘हामीले गलत गर्‍यौँ, अब यस्तो गर्दिनँ भन्न किन सक्नुहुन्नरु महेन्द्र कँडेललाई किन यहाँ छलफलमा उपस्थित गराउनु भएनरु मेरो छोरीको चार वर्षको करिअर खेर गयो, यसको जिम्मा कसले लिनेरु ऊमाथि भएको मानसिक उत्पीडनको जिम्मा कसले लिने?’

    आफ्नो १६ लाखको क्षति भएकोमा कलेजले ९ लाख ५० हजार रूपैयाँ मात्र दिन खोजेको ती अभिभावकले बताइन्। 

    ‘होटल म्यानेजमेन्टको इन्टर्न गर्न पठाएको छोरीलाई लेबर काम लगाइयो। जुन उद्देश्यका लागि पठाएको, त्यो नै नभएपछि दुःखमा किन राख्ने भनेर हामीले आफ्नै खर्चमा फिर्ता बोलायौँ। बैंकबाट ऋण लिएर पठाएको छोरीलाई दुबईबाट नेपाल बोलाउन पनि पैसा जुटाउन सकेकी थिइनँ। कसरी छोरी ल्याएँ भन्ने मलाई मात्र थाहा छ,’ उनले भनिन्।

    छलफलमा ब्रिटिस कलेजका कर्मचारीले आफूहरू नियमसम्मत रूपले चलेको दाबी गरेका थिए। ‘हामीलाई हतोत्साहित गर्न खोजियो। गुणस्तरीय शिक्षा दिएका छौँ। हामी नियमसम्मत चलेको संस्था हौँ,’ उनीहरूले यसो भन्नेबित्तिकै छलफलमा चर्काचर्की भएको थियो। 

    अभिभावकहरूले कलेजले ठगी गरेको प्रमाण रहेको बताएका छन्। विद्यार्थीहरूले दिएका प्रमाणहरू पनि उनीहरूले मन्त्रालयका अधिकारीलाई देखाएका थिए। ‘आफ्नै अगाडि विद्यार्थी र अभिभावकले प्रमाण देखाएपछि कलेजका पदाधिकारीले जहाँजहाँ गल्ती भएको छ, त्यहाँ पैसा फिर्ता गर्छौं भनेका थिए,’ मन्त्रालयका ती अधिकारीले भने। 

    विद्यार्थी र अभिभावकले भने पैसा फिर्ता गरेर मात्र नहुने अडान लिएका छन्। 

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - ०८:५८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij