Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बिरामीका लागि अक्सिजन अस्पतालले नै व्यवस्था गर्नुपर्छ : स्वास्थ्य मन्त्रालय

बिरामीका लागि अक्सिजन अस्पतालले नै व्यवस्था गर्नुपर्छ : स्वास्थ्य मन्त्रालय


  • 4.5K
    Shares

    • images
    बिरामीका लागि अक्सिजन अस्पतालले नै व्यवस्था गर्नुपर्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैँले गर्न निर्देशन दिएको छ ।

    कतिपय अस्पतालहरूमा संक्रमितका आफन्तलाई अक्सिजन लिएर आउन भन्ने गरिएकाले अस्पतालले नै अक्सिजनको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो । 

    मन्त्रालयका प्रवक्ता डा. गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार  बोल्दै अक्सिजन व्यवस्थापनको जिम्मा अस्पतालको भएकाले संक्रमित वा बिरामीका आफन्तलाई अक्सिजन खोज्नु भनेर अनावश्यक तनाव दिन नपाइने बताए । 

    डा। गौतमले चीन र मस्कटबाट आइतबार आएको अक्सिजन सिलिन्डर सबै प्रदेशमा क्रमशः वितरण गरिने पनि जानकारी दिए । 

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १७:४४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij