२०८२ पौष १४ गते सोमवार
काठमाडौं । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । सोमवार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरुको बन्दसूचि बुझाउन निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।
उनले नागरिक उन्मुक्ति पार्टीलगायतका पाटीहरुसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारेका छन्। सो पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्द सूचिमा पनि आफूले देशका सबै भूगोललाई समेटर उम्मेदवार बनाएको पनि जानकारी दिएका छन् ।
उनले भने, ‘हामीले कास्कीबाट , पर्वतबाट, लम्जुङबाट, हामी रुकुमबाट, रोल्पाबाट, कालिकोट, दैलेखबाट, डोल्पाबाट हामी धेरै टाढा पुगेका छौँ । यद्यपि नाउपा, नेपालले हाम्रो गठबन्धन छ । यसले सबै निर्वाचन क्षेत्रबाट उम्मेवार उठाउँछ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij