२०८२ पौष १४ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।लेखकले आयोगले सोधका प्रश्नको जवाफ दिँदै उक्त दिनको घटनाबारे जानकारी गराउने छन् ।
आयोगमा बयान दिएपछि लेखकले पत्रकारलाई जानकारी दिन कार्यक्रम राखेका छन् । दिउँसो २ बजेपछि सिंहदरबारमा उनले पत्रकारसँग भेटघाट कार्यक्रम राखेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij