२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । यही जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा मतदानका लागि आउने मतदातालाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मतदानका लागि आउने मतदातालाई पछिल्लो ७२ घण्टामा पीसीआर परीक्षण गरिएको रिपोर्टसहित आउन आग्रह गरेको छ ।
साथै पोजेटिभ देखिएकाहरुलाई मतदान गर्ने व्यवस्थापन छुट्टै मिलाइएको तर, संक्रमण नभएकाहरुले भने पछिल्लो ७२ घण्टायताको नेगेटिभ रिपोर्टसहित मतदानस्थलमा उपस्थित हुनुपर्नेछ ।
आयोगले उपनिर्वाचन हुने सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा एक एम्बुलेन्स तयारी अवस्थामा राखिने पनि जनाएको छ । यस्तै, मतदान गर्न आउने मतदाताले अनिवार्य रुपमा मास्क, पन्जा लगायतका स्वास्थ्य मापदण्डहरु पालना गरेको हुनुपर्ने बताएको छ ।
संक्रमित मतदाताका लागि भने स्वास्थ्यकर्मीसहितको हेल्थडेस्क राखिएको हुनेछ । जहाँ पीपीईसहित स्वास्थ्यकर्मी उपस्थित हुनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij