२०८२ पौष १४ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।
साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४८ सय ९५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी तोलामा ४८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij