Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

कुलमानलाई एकतामा नसमेटेको भन्दै सुदन गुरुङले दिए यस्तो चेतावनी

कुलमानलाई एकतामा नसमेटेको भन्दै सुदन गुरुङले दिए यस्तो चेतावनी


  • 1.3K
    Shares

    कुलमानलाई एकतामा नसमेटेको भन्दै सुदन गुरुङले दिए यस्तो चेतावनी
    images

    काठमाडौं । जेनजी प्रतिनिधिका एक अगुवा सुदन गुरुङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले कुलमान घिसिङलाई एकतामा नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    यी तीनै जनाबीच एकताको प्रयास भइरहे पनि अन्ततः आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेनबीच मात्र सहमति भएपछि गुरुङले विरोध जनाएका हुन्। 

    ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङलाई उक्त एकताबाट बाहिर राखिनु परिवर्तन चाहने जनताका लागि दुःखद रहेको गुरुङले उल्लेख गरेका छन्। साथै उनले अझै पनि कुलमान नसमेटिए पक्ष लिनुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन्।

    मध्यराति गुरुङले फेसबुकमा लेखेका छन्, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ। कसैलाई पनि कुनै पक्ष लिन बाध्य पार्ने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ। अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला। तर आजको समयले तपाईहरुलाई सँगै उभिने म्यान्डेट दिएको छ।’

    उनले अगाडि लेखेका छन्, ‘आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ– कृपया! यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ।त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ- के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनुभएको हो कि केवल त्यसको भ्रम मात्रै छरिरहनुभएको होरु जेनजीले हेरिरहेको छ।’

    रवि–बालेनले एकता सहमतिपछि पनि कुलमानलाई समेट्न वार्ता जारी राखेका छन्।

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - ०६:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij