२०८२ पौष १३ गते आइतवार
देवानगन्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो । लागुऔषध ट्रामाडोल ल्याउने व्यक्ति भने फरार भएका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि झोला फालेर फरार भएका थिए । प्रहरीले उक्त झोला खानतलास गर्दा लागुऔषध भेटिएको थियो ।
फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij