Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

निषेधाज्ञाको उल्लंघन गरी मार्ट सञ्चालन गर्ने २ जना पक्राउ

निषेधाज्ञाको उल्लंघन गरी मार्ट सञ्चालन गर्ने २ जना पक्राउ


  • 4.9K
    Shares

    निषेधाज्ञाको उल्लंघन गरी  मार्ट सञ्चालन गर्ने २ जना पक्राउ

    धनगढी । प्रहरीले कञ्चनपुरमा रहेको बीबी मार्टका दुई सञ्चालकलाई पक्राउ गरेको छ । निषेधाज्ञामा स्वास्थ्य सुरक्षाको मापदण्डको उल्लंघन गर्दै मार्टले व्यवसाय सञ्चालन गरेको पाइएपछि सञ्चालक दीपेन्द्र ऐर र बिपीन बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    मार्टमा स्वास्थ्य सुरक्षाको कुनै पनि मापदण्ड पालना नगरिएको र भीडभाड गरी व्यवसाय सञ्चालन गरेको पाइएपछि सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

    पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा उल्लंघन गरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १६:५५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij