Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कैलालीमा थपिए ४१६ कोरोना संक्रमित, ३ जनाको मृत्यु

कैलालीमा थपिए ४१६ कोरोना संक्रमित, ३ जनाको मृत्यु


  • 5.4K
    Shares

    कैलालीमा थपिए ४१६ कोरोना संक्रमित, ३  जनाको मृत्यु

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा जिल्लामा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७४७ जनाको परिक्षण गर्दा कैलालीका ४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढी उपमहानगरपालिका भित्रका १३८ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका अन्य स्थानीय तहमा २७८ जना संक्रमित भएका छन् । कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा १९ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा धनगढीका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी २,५ र ६ का तिन जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

    अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा १०८ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये १ जना भेन्टिलेटरमा र १५ जना आइसियुमा छन् । पछिल्लो २४ घण्टामा १ जना निको भएका छन् भने ४ जना अस्पताल भर्ना भएका छन् ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १६:३९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij