Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा नौ जनाको मृत्यु

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा नौ जनाको मृत्यु


  • 904
    Shares

    भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा नौ जनाको मृत्यु
    images

    भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको छ ।

    अन्य धेरै यात्रीहरू घाइते भएका छन् । दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिव २०३ किलोमिटर उत्तर–पश्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा बिहीवार भएको थियो । प्रहरीकाअनुसार विपरित दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो । ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोको लप्काले पूरै बसलाई आफ्नो चपेटामा लिएको थियो । बसमा चालक र सहचालकसहित कुल ३२ जना सवार रहेको रिपोर्टमा उल्लेख छ ।

    भारतमा प्रायः सडकको जीर्ण अवस्था, ओभरलोडिङ र चालकको लापरवाहीका कारण यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १०:०८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij