Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कोरोनामुक्त भएपछि डा. आचार्यको मृत्यु

कोरोनामुक्त भएपछि डा. आचार्यको मृत्यु


  • 6.1K
    Shares

    कोरोनामुक्त भएपछि डा. आचार्यको मृत्यु

    काठमाडौँ ।  डा. आइएल आचार्यको कोरोना संक्रमणमुक्त भएपछि मृत्यु भएको छ । आज बिहान ४ बजे डा. आचार्यको मृत्यु भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले जानकारी दिए । 

    आचार्य दुई हप्‍ता अघि स्टार अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमणमुक्त भइ नर्मल आइसियूमा उपचार भइरहेको डा. श्रेष्ठले जानकारी दिए । कोभिड रिपोर्ट नेगेटिभ बैशाख २९ गते आएको थियो । उनका अनुसार डा. आचार्य ८३ वर्षका थिए । दीर्घ रोग थाइराइड र युरिक एसीड थियो ।

    डा. आचार्य पेट तथा कलेजोसम्बन्धी रोगको उपचारमा कहलिएका थिए । ग्यास्ट्रोइन्टेरोलोजिस्टको रुपमा चिरपरिचित थिए ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १५:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij