Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

खोप लगाउने ब्यक्तिलाई संक्रमण भएपनि जोखिम नहुने

खोप लगाउने ब्यक्तिलाई संक्रमण भएपनि जोखिम नहुने


  • 44.2K
    Shares

    • images
    खोप लगाउने ब्यक्तिलाई संक्रमण भएपनि जोखिम नहुने

    चिनियाँ भेरो सेल खोपको दोस्रो डोज आजदेखि लगाईंदै छ । तर भेरो सेलभन्दा एक महिना अगावै कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज कहिले पाउँछन् अझै यकिन छैन । समयमै दोस्रो डोज नलगाए के हुन्छ त ?

    कोभिसिल्ड खोपको पहिलो डोज १८ लाख २३ हजारभन्दा बढीले लगाएका थिए । तीमध्ये ३ लाख ७२ हजारले दोस्रो डोज लगाइसकेका छन् । उनीहरुले पहिलो डोज लगाएको १२ हप्ताभित्र दोस्रो डोज पाएका हुन् । तर ६० वर्ष माथिका जेष्ठ नागरिक अन्य गरी १४ लाख ५१ हजार भन्दा बढीले दोस्रो डोज पाउन बाँकी छ ।  जेष्ठ नागरिकलाई फागुन २३ देखि पहिलो डोज दिइएको थियो । ८ देखि १२ हप्ताको मापदण्ड अनुसार उनीहरुलाई अबको तीन साताभित्र दोस्रो डोज दिइसक्नुपर्छ । तर सरकारसँग कोभिसिल्डको १ लाख डोज खोप मात्र बाँकी छ । थप खोप कहिले आउँछ स्वास्थ्य मन्त्रालयका अधिकारीसँग नै जवाफ छैन ।

    विज्ञहरुका अनुसार पहिले संक्रमण भएकाहरुलाई खोपको पहिलो डोजले पनि काम गर्छ । तर पहिले संक्रमण नभएकाहरुमा भने पहिलो डोजले भाइरससँग जानपहिचान मात्र गराउँछ । दोस्रो डोज नलगाएसम्म ढुक्क हुँदैन । अर्थात पहिलो डोज मात्र लगाएकाहरुको तुलनामा दुवै डोज लगाउनेमा खोपको प्रभावकारिता बढी हुन्छ ।  १२ हप्ताभित्र दोस्रो डोज नपाएको अवस्थामा के हुन्छ भन्ने बारे भने अध्ययन भइसकेको छैन । अहिले पहिलो र दोस्रो दुवै डोज लगाएकाहरुमा पनि संक्रमण देखिरहेको छ । तर चिकित्सकका अनुसार एक डोज लगाउनेको तुलनामा दुवै डोज लगाउनेलाई सहज देखिएको छ । 

    फागुन २३ देखि कोभिसिल्डको पहिलो डोज लगाएकाहरुको दोस्रो डोजबारे अन्योल रहँदा चैत २५ देखि भेरोसेलको पहिलो डोज लगाएका २ लाख ९० हजारलाई भने आइतबारदेखि दोस्रो डोज दिईंदैछ । आशा गरौँ, कोभिशिल्डको दोस्रो डोज पनि निर्धारित समयमै लगाउन पाइनेछ ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १४:३१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij