Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

कर्नाटकमा बस र ट्रक ठोक्किंदा ११ जनाको मृत्यु

कर्नाटकमा बस र ट्रक ठोक्किंदा ११ जनाको मृत्यु


  • 652
    Shares

    कर्नाटकमा बस र ट्रक ठोक्किंदा ११ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् ।

    चित्रदुर्गका जिल्ला अधिकारी (डीसी)ले बीबीसी हिन्दीसँग दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् ।

    बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको उनले जानकारी दिएका छन् ।

    ‘दुर्घटनामा परेको बस स्लीपर कोच हो । ३२ यात्रु सवार थिए । अहिलेसम्म हामीले ११ शव पहिचान गरेका छौं । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेका छौं’, जिल्लाधिकारीले भनेका छन् ।

    घटनास्थलबाट प्राप्त तस्वीरहरूमा दुर्घटना अत्यन्तै गम्भीर देखिएको र बस पूर्णरूपमा क्षतिग्रस्त भएको तथा ट्रकको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त देखिएको बीबीसीले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १२:०२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij