Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

उत्तर–पश्चिम पाकिस्तानमा भएको आक्रमणमा ५ प्रहरीको मृत्यु

उत्तर–पश्चिम पाकिस्तानमा भएको आक्रमणमा ५ प्रहरीको मृत्यु


  • 722
    Shares

    उत्तर–पश्चिम पाकिस्तानमा भएको आक्रमणमा ५ प्रहरीको मृत्यु
    images

    काठमाडौं । पाकिस्तानको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलवार अज्ञात विद्रोहीहरूले प्रहरीको गाडीमा गोली चलाउँदा पाँच जना प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । 

    नाम नखुलाउने शर्तमा स्रोतले बताएअनुसार यो घटना स्थानीय समयअनुसार बिहान करिव ८ः४५ बजे (०३४५ जीएमटी) करक जिल्लामा आक्रमणकारीहरूले गाडीमा गोलीबारी सुरु गरेपछि भएको हो । 

    प्रहरीले तत्काल जवाफी कारबाही गर्दा करिब एक घण्टासम्म दोहोरो गोली हानाहान भएको थियो । गोली हानाहानको क्रममा गाडीमा सवार पाँचै जना प्रहरीको मृत्यु भएको स्रोतले जनाएको छ । 

    आक्रमणपछि विद्रोहीहरूले घटनास्थलबाट भाग्नुअघि प्रहरीको गाडीमा आगजनी समेत गरेको स्रोतले थप जानकारी दिएको छ । आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । 

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १३:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij