२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेता तीनतिर फर्किएका बेला मंगलबार पहिलो पटक एकठाउँमा भेटवार्ता गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेतालाई एकै ठाउँमा भेटवार्ता गर्ने अवसर जुराइदिएका हुन् ।
प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतालाई एक्लै नभेट्ने बताउँदै आएकी थिइन् । प्रमुख दलका शीर्ष नेताले फागुन २१ को निर्वाचन लगायतमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको भन्दै गुनासो गर्दै आएका थिए ।
जेनजी सरकार गठन भएको तीन महिनापछि मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता र निर्वाचनबारे कुराकानी भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij