२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ। सभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको आधारमा कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यसअन्तर्गत ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित)( १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा र ५ प्रतिशत बोनस सेयर १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ। प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ।
हाल बैंकले देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै, आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij