Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

सांग्रिला डेभलपमेन्ट बैंकको २१औं साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंकको २१औं साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित


  • 1.1K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको २१औं साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ। सभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको आधारमा कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

    यसअन्तर्गत ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित)( १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा र ५ प्रतिशत बोनस सेयर १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ। प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ।

    हाल बैंकले देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै, आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ। 

    images
    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १३:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij