२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली कांग्रेस पार्टी कार्यालय पुगेको छ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति कांग्रेस पार्टी कार्यालय पुगेको हो ।
सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेको छ भने यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायत दलका कार्यालय पनि पुग्ने भएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो ।




© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij