Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीनको मृत्यु

दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीनको मृत्यु


  • 540
    Shares

    दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीनको मृत्यु
    images

    काठमाडौं । लेबनानका स्रोतहरूकाअनुसार दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । 

    लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार आक्रमण सिदोन जिल्लाको अकतनित-कुनेइत्रा-मामारियाह सडकमा एउटा गाडीलाई लक्षित गरी गरिएको थियो । जसमा सवार तीनै जना मारिएका छन् । सार्वजनिक स्वास्थ्य मन्त्रालयको आपत्कालीन सञ्चालन केन्द्रले पनि आक्रमण र मृत्युको पुष्टि गरेको छ । 

    लेबनानी सुरक्षा स्रोतले बताएअनुसार मृतकहरू हसन इसा, अली अब्दल्लाह र मुस्तफा बल्लुत हुन् । स्रोतले उनीहरूको पार्टी सम्बद्धताबारे उल्लेख गर्न अस्वीकार गरेको छ । त्यसअघि नै इजरायली सेनाका प्रवक्ताले विज्ञप्ति जारी गर्दै इजरायल रक्षा बल (आईडीएफ) ले दक्षिण लेबनानको सिदोन क्षेत्रमा हिजबुल्लाहका केही आतङ्ककारीलाई लक्षित गरी आक्रमण गरेको बताएका थिए ।

    हिजबुल्लाह र इजरायलबीच सन् २०२४ नोभेम्बर २७ देखि युद्धविराम सम्झौता लागू भएको छ । सम्झौताका बाबजुद इजरायलले लेबनानमा कहिलेकाहीँ आक्रमण जारी राखेको छ । ती आक्रमणहरू हिजबुल्लाहका खतराहरू नष्ट गर्न लक्षित भएको दाबी गर्दै आएको छ ।

    यो महिनाको शुरुमा दुवै देशबीच दक्षिण लेबनानको नाकौरामा पहिलो प्रत्यक्ष वार्ता भएको थियो । जसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल र लेबनानबीच सम्बन्ध र आर्थिक सहयोगको आधार तयार पार्ने पहिलो प्रयास भनेका थिए ।

    गत शुक्रवार पनि दुवै पक्षबीच सुरक्षा संवाद भएको थियो । जसमा हिजबुल्लाहको निरस्त्रीकरण र दक्षिणी सीमा गाउँहरूमा बासिन्दाहरूको फिर्ती मुख्य विषय थिए ।

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - ११:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij