Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

महाधिवेशनको सन्देश प्रवाह गर्न एमाले प्रदेश र जिल्ला कमिटीको संयुक्त बैठक आज

महाधिवेशनको सन्देश प्रवाह गर्न एमाले प्रदेश र जिल्ला कमिटीको संयुक्त बैठक आज


  • 610
    Shares

    महाधिवेशनको सन्देश प्रवाह गर्न एमाले प्रदेश र जिल्ला कमिटीको संयुक्त बैठक आज
    images

    काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ । 

    पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठुलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । दिउसो २ बजे पार्टी कार्यालयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ । 

    केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारी देखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको छ ।

    एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि,पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टीपंक्तीमा निर्देशन पठाउने भएको छ ।  

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १०:१८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij