Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

चिसो अत्यधिक बढेपछि ४ दिन विद्यालय बन्द (सूचनासहित)

चिसो अत्यधिक बढेपछि ४ दिन विद्यालय बन्द (सूचनासहित)


  • 2.1K
    Shares

    चिसो अत्यधिक बढेपछि ४ दिन विद्यालय बन्द (सूचनासहित)

    काठमाडौं । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ। 

    सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आज (मंगलबार) देखि पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो। 

    केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए।

    बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको हो। केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ। 

    602352267_1614843043292543_865140308915706457_n_YqIdxoovY3.jpg

    images
    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - ०६:२६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij