Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा ६८ सांसदको हस्ताक्षर बुझाउने तयारीमा कांग्रेस

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा ६८ सांसदको हस्ताक्षर बुझाउने तयारीमा कांग्रेस


  • 1.6K
    Shares

    प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा ६८ सांसदको हस्ताक्षर बुझाउने तयारीमा कांग्रेस

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना माग्दै नेपाली कांग्रेसका ६५ र ३ अन्य दलका सांसदको हस्ताक्षर सोमबार सर्वोच्चमा बुझाउने तयारी भएको छ । कांग्रेसका सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत पुनर्स्थापना माग्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउन लागेका हुन् ।

    एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको सङ्ख्या जोड्दा १४३ हुन्छ ।

    कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीका ६५ र अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर वारेसनामामार्फत सर्वोच्चमा बुझाउने तयारी भइरहेको जानकारी दिइन् । 

    यसअघि एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा सर्वोच्चमा दायर गरेको रिट मङ्सिर १० गते दर्ता भएको थियो ।

    images
    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १४:४१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij