Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

हायु हत्या अनुसन्धान गर्दा अर्का व्यक्तिको पनि हत्या भएको खुलासा, २ जना पक्राउ

हायु हत्या अनुसन्धान गर्दा अर्का व्यक्तिको पनि हत्या भएको खुलासा, २ जना पक्राउ


  • 547
    Shares

    हायु हत्या अनुसन्धान गर्दा अर्का व्यक्तिको पनि हत्या भएको खुलासा, २ जना पक्राउ
    images

    काठमाडौं । ललितपुरमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको घटना अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ ।

    हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको छ ।

    यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

    सो घटनाको अनुसन्धानको क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछको क्रममा जयराज अधिकारीको नाम लिएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट जयराजलाई पनि पक्राउ गरेको छ ।

    जयराजले पारुहाङको पनि हत्या गरेको बताएपछि उनले भनेकै ठाउँबाट प्रहरीले शव पारुङको शव फेला पारेको छ । देवराज ढुंगेल र जयराज अधिकारीका अनुसार उनीहरुले गत मंसिर २४ गते हायुको हत्या गरेका थिए । त्यसको भोलिपल्ट अर्थात मंसिर २५ गत पारुहाङको पनि हत्या गरेका थिए ।

    अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले देवराज ढुंगेल र जयराज अधिकारीले केशवराज हायु र पारुहाङ राईको हत्या गरेको स्वीकार गरेको बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी बस्नेतले जानकारी दिए ।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १३:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij