Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

औषधि र पौष्टिक आहार लिएर संक्रमितको घरघर पुग्दै मेयर

औषधि र पौष्टिक आहार लिएर संक्रमितको घरघर पुग्दै मेयर


  • 6.0K
    Shares

    औषधि र पौष्टिक आहार लिएर संक्रमितको घरघर पुग्दै मेयर

    जुम्ला । जुम्ला सदरमुकाममा रहेको चन्ददनाथ नगरपालिकामा दैनिकरुपमा कोरोना संक्रमित थपिन थालेका छन् ।

    जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जटिल खालका बिरामीबाहेक अरुलाई होम आइसोलेसनमै बस्न भन्दै घर पठाउने गरेको  छ । घरमै बसेकालाई ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा  समस्या हुने गरेक बिरामीले बताएका छन् ।

    यस्तो अवस्थामा बिरामीलाई पौष्टिक आहारको कमी हुन नदिन जुम्ला चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवाल आफै संक्रमितको घरघरमा पुगेर प्रति बिरामीलाई एक क्यारेट अण्डा,चना, च्यावनप्राश साबुन,सेनिटाइजर,माक्स,भिटामिन-सी, क्याल्सियम बाड्ने गरेकी छिन् ।

    बिरामीलाई केही राहत मिलोस् भनेर नगरपालिकाकोतर्फबाट औषधि र पौष्टिक आहार दिएको मियर सेजुवालले जानकारी दिइन् । पौष्टिक आहारसहित स्वास्थ्यक्रमी लिएर बिरामीको घर पुगेर परामर्श दिने गरेको  पनि मेयर सेजुवालले बताइन् ।

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १२:२७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij