२०८२ फाल्गुण २७ गते बुधवार
काठमाडौं । सालपा विकास बैंकले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न लागेको छ।
दोस्रो चरणमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गर्ने भएको छ। बैंकले ५ प्रतिशतले हुनआउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।
सालपा विकास बैंकको आइपीओको निष्कासन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ। उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij